Logo

मुख्य समाचार

घनश्याम भुसाल निकट समूहले ‘नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)’ दर्ताका लागि निवेदन


२८ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । घनश्याम भुसालसँग निकट नेताहरूले ‘नेपाल कम्युनिस्ट पार्टी (वामपन्थी केन्द्र)’ नामको नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। कात्तिक २३ गते आयोगमा दर्ता गरिएको निवेदनमा पार्टीको नेतृत्व राजकुमार कक्षपतिले गर्ने उल्लेख छ।

स्रोतका अनुसार दल दर्ता प्रक्रियाको संयोजन भुसाल निकट विजय पौडेलले गरेका छन्। तर आयोगमा पेस गरिएको केन्द्रीय समिति सूचीमा पौडेल र घनश्याम भुसाल दुवैको नाम शामिल छैन।

दल दर्ता प्रक्रियामा संलग्नएका एक नेताले निवेदन दर्ता भइसकेको र दुई दिनपछि औपचारिक घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ०३ बजे