Logo

मुख्य समाचार

नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाए


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं — नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयका सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

सरकारले कार्कीलाई सोमबार (कात्तिक २४) देशको ३३औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। ३२औँ आईजीपी चन्द्रकुबेर खापुङ प्रहरी सेवाको ३० वर्षे कार्यावधि पूरा गरी अवकाश पाएपछि कार्कीलाई नयाँ आईजीपी नियुक्त गरिएको हो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  १ : १९ बजे