काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ प्रायोजक बनेको छ। बुधबार (कात्तिक २६) काठमाडौंमा सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच सम्झौता भएको हो। सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि रोयल्सका सीईओ खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको सहकार्यले टोलीलाई थप हौसला मिल्ने बताए। उनले भने, “यो साझेदारीले टोलीमा थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ।”
डाबर नेपालका मार्केटिङ प्रमुख गोर्खालीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताए। उनका अनुसार, डाबर रेड पेस्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले लोकप्रिय टोलीलाई देशकै नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ।
सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन्। टोलीका मुख्य प्रशिक्षक जगत टमटा हुन्।










प्रतिक्रिया