Logo

समाचार

मधेसका ७४ सांसदको रिटमा अन्तरिम आदेश छलफलका लागि सर्वोच्चले आइतबार पेसी तोक्यो


२६ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश छलफलका लागि आइतबार पेसी तोकेको छ।

प्रदेशका ७४ जना सांसदको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले बुधबार (कात्तिक २६) दुवै पक्षलाई उपस्थित हुन आदेश दिँदै आइतबारका लागि पेसी तोकेको हो।

यसअघि सार्वजनिक सरोकारको रिटमा सर्वोच्चले मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। उनी हाल कामचलाउ अवस्थामा रहेकाले आइतबार हुने अन्तरिम आदेश छलफलपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ४ : २५ बजे