काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियाको प्रगतिबारे जानकारी मागेकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेकी कार्कीले मन्त्रालयका सचिव हरि मैनालीलाई सोमबार आफ्नो कार्यकक्षमा बोलाएर प्रगति विवरण बुझाएकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्कीले ढिलाइ नगरी दर्खास्त आह्वानको सूचना सार्वजनिक गर्न निर्देशनसमेत दिएकी छन्।
प्रधानमन्त्री कार्कीले गत कात्तिक १४ गते सचिव मैनालीको संयोजकत्वमा महाप्रबन्धक छनोट समिति गठन गरेकी थिइन्। समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयका सहसचिव तथा योजना–प्रशासन महाशाखा प्रमुख सदस्यसचिव छन्।
सचिव मैनालीले कार्यविधि तयारीको काम भइरहेको र केही समय बाहिर रहँदा बैठक ढिलो भएको बताए। उनका अनुसार समितिको पहिलो बैठक आजै बस्नेछ।










प्रतिक्रिया