Logo

मुख्य समाचार

मेलम्चीको पानी आपूर्तिबारे सरकार र स्थानीयबीच सहमति हुन सकेन


२५ कार्तिक २०८२, मंगलबार  

69
Shares

काठमाडौं । मेलम्चीको पानी आपूर्तिबारे सरकार र स्थानीयबीच मंगलबार (कात्तिक २५) भएको वार्ता निष्कर्षविहीन बनेको छ । खानेपानी मन्त्रालयमा भएको छलफलमा कुनै सहमति नजुटेपछि काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउने अनिश्चितता अझ बढेको हो ।

गत बिहीबारदेखि स्थानीयहरूले आफ्ना माग पुरा नहुँदा मेलम्चीको पानी काठमाडौं पठाउन रोक लगाएका छन् । उनीहरूले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।

नेपाली कांग्रेस हेलम्बुका सचिव राजकुमार भण्डारीका अनुसार मंगलबारसम्म कुनै सहमति जुट्न सकेको छैन । “सोमबारको वार्ता निष्कर्षविहीन बनेको थियो । आज केही प्रगति भएको छैन,” उनले बताए । उनका अनुसार स्थानीयहरू अब मुहान क्षेत्रमै गएर आन्दोलन तीव्र बनाउने तयारीमा छन् ।

यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मेलम्ची खानेपानीको अवरोध हटाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएकी थिइन् । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालेन्जे ह्योल्मोलाई भेटेर अवरोध हटाउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : ११ बजे