Logo

कर्पोरेट

सानिमा बैंकमा आचार्य सीईओ नियुक्त


२५ कार्तिक २०८२, मंगलबार  

23
Shares

काठमाडौं । सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवनकुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरिएको छ । सोमबार (कात्तिक २४) बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार आचार्यको कार्यकाल आगामी माघ १२ गतेदेखि सुरु हुनेछ । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदै छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ३५ बजे