Logo

समाचार

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीको दुःख व्यक्त


२५ कार्तिक २०८२, मंगलबार  

69
Shares

काठमाडौं । भारतको राजधानी दिल्लीको लालकिल्लानजिक सोमबार साँझ भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मेन्सन’ गर्दै विस्फोटप्रति गहिरो दु:ख प्रकट गरेकी हुन् । उनले उक्त घटनाले आफू स्तब्ध र मर्माहित भएको बताउँदै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतसँग एकात्मता प्रकट गरेको उल्लेख गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार लालकिल्लानजिक भएको विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १२ : ०८ बजे