Logo

समाचार

राष्ट्रपतिबाट मधेस प्रदेश प्रमुख भण्डारी पदमुक्त


२५ कार्तिक २०८२, मंगलबार  

23
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मंगलबारदेखि उनलाई पदमुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा मधेस प्रदेशका प्रदेश प्रमुख श्री सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ।”

सरकारले सोमबार (कात्तिक २४) उनको पदमुक्तिको सिफारिस गरेको थियो । भण्डारीले हालै नेकपा (एमाले)का नेता सरोजकुमार यादवलाई विवादास्पद रूपमा मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनी एमालेको प्रस्तावमा प्रदेश प्रमुख बनेकी थिइन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : ३७ बजे