Logo

अर्थ

सप्तकोसी सिमेन्टको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांश र आईपीओ जारी गर्ने निर्णय


२४ कार्तिक २०८२, सोमबार  

0
Shares

काठमाडौं । सप्तकोसी सिमेन्ट लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको त्रिपुरेश्वरमा सम्पन्न सभाले सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने र सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले कुल जारी पुँजीको अधिकतम २० प्रतिशत बराबरको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । साथै, सभाले सञ्चालक समितिमा मोना जालानलाई अध्यक्ष र दिवाकर थापालाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ ।

मोरङको कटहरी गाउँपालिकामा अवस्थित कम्पनीले सप्तकोसी ब्रान्डअन्तर्गत दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले गुणस्तरीय उत्पादन र बजार विस्तारमार्फत देशकै भरपर्दो सिमेन्ट ब्रान्डका रूपमा आफूलाई स्थापित गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : २३ बजे