काठमाडौं – मधेश प्रदेश सरकार गठनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। रक्कीप्रसाद साह र सुजित यादवले दायर गरेको रिटमा मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र प्रदेशसभालाई विपक्षी बनाइएको छ।
सुनुवाइ कात्तिक २५ (मंगलबार)का लागि तोकिएको छ।
यसैबीच, कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले ७५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अर्को रिट दायर गर्ने तयारी गरेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी उपचारका लागि काठमाडौं जाँदै गर्दा बाटोमै नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सुरु भएको थियो। नियुक्ति र शपथ प्रक्रिया बिना सरकार गठनको आह्वान गरिएको भन्दै विरोध भएको र विरोध प्रदर्शनका क्रममा प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड र तालाबन्दीसमेत भएको छ।










प्रतिक्रिया