Logo

मुख्य समाचार

बाढीले पुल बगाएको नेपालथोकमा बेलिब्रिज बन्ने


२४ कार्तिक २०८२, सोमबार  

23
Shares

रामेछाप । अघिल्लो वर्षको असोज १२ गते आएको बाढीले बगाएको नेपालथोकको पुलको ठाउँमा बेलिब्रिज बन्ने भएको छ ।

रोशी खोलाको किनारमा रहेको आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिर नजिकै यसअघि पक्की पुल भएकै ठाउँमा सुनकोसी माथि बेलिब्रिज बन्न लागेको हो । गत वर्ष रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले लुभुघाटको पुल बगाएको थियो ।

रामेछापलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने सो पुलको रामेछाप पट्टीको ट्रष्ट ब्रिज बाढीले बगाएको थियो । सिन्धुलीपट्टिको आधा भाग भने बग्नबाट जोगिएको छ । सोही बाँकी बसेको भागमा जोडेर बेलिब्रिज राख्न लागिएको हो ।

बेलिब्रिज निर्माणको लागि पुलसम्म पुग्ने सडक निर्माण तथा स्पानको छेउमा बगाएको ठाउँ फिलिङ गर्ने लगायतका काम भइरहेको छ । सडक विभागमार्फत सो काम भएको हो । दुइवटा मेसिन प्रयोग गरेर फिलिङ गर्ने काम गरिरहेका स्थानीय राज मैनालीले जानकारी दिए ।

पुल बगाउँदा रामेछापको सुनापति गाउँपालिकाका सबै वडा तथा खाँडादेवी र दोरम्बाका केही वडाका स्थानीयले काठमाडौं र आउजाउ गर्न ३० किलोमिटरभन्दा बढी घुम्नु पर्ने बाध्यता रहेको छ । जसले गर्दा कृषि उपज बजारसम्म पु¥याउन तथा बिरामीलाई उपचारको लागि लैजान निक्कै असहज भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : ०६ बजे