Logo

मुख्य समाचार

देउवा पक्षधर केन्द्रीय सदस्यहरूको छुट्टै भेला, चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्ने निष्कर्ष


२३ कार्तिक २०८२, आइतबार  

69
Shares

काठमाडौं — नेपाली कांग्रेसभित्र १५औं महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विवाद तीव्र बनेको छ। पार्टीभित्रको संस्थापन पक्षले महाधिवेशन चुनावपछि गर्नुपर्ने अडान लिएका बेला सोही पक्षका २० भन्दा बढी केन्द्रीय सदस्यले भने छुट्टै भेला गरी चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

सहमहामन्त्री फरमुल्लाह मन्सुरको पहलमा आयोजित भेलामा सहभागी सदस्यहरूले पार्टीको लोकतान्त्रिक परम्परा कायम राख्न आगामी आमनिर्वाचनअघि महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। मन्सुरले यसअघि पार्टीको आधिकारिक बैठकमै चुनावअघि महाधिवेशन गर्नुपर्ने र आगामी चुनावमा गगन थापालाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सार्नुपर्ने मत राखेका थिए।

आज भएको भेलामा मन्सुरसँगै केन्द्रीय सदस्यहरू बहादुरसिंह लामा, दिलमान पाख्रिन, मोहन आचार्य, डा. विनोद चौधरी, पुष्पा भुसाल, डा. डिला सङ्ग्रौला, देवेन्द्र राज कँडेल, अमृत अर्याल, अब्दुल सतार, तारामान गुरुङ, धना खतिवडा, अनिल रुङटा, कर्ण ब. बुढा, अर्जुन शी, मैकुलाल वाल्मीकि, अब्दुल रज्जाक, आङगेलु शेर्पा, माया राई, जिप छिरिङ लामा, मदनकृष्ण श्रेष्ठ, प्रदीप सुनुवार, भरतकुमार शाह र मदन अमात्य सहभागी थिए।

भेलामा सहभागीहरूले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास सबल बनाउन र नेतृत्वको वैधता सुनिश्चित गर्न चुनावअघि नै नियमित महाधिवेशन आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : २१ बजे