काठमाडौं । विभिन्न राजनीति दलका नेताहरु र जेनजी प्रतिनिधिबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका राजन दाहाल, नेपाली कांग्रेसका नेता सुनिल शर्मा, नेकपा एमालेका नेता अब्दुस मियाँ र जेनजी प्रतिनिधि रक्षा बमबीच ‘जेनजी विद्रोह र अबको निकास’ विषयमा छलफल भएको हो ।
छलफलमा नेता दाहालले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसात्मक क्रियाकलापमा जेनजीको सहभागीता नभई अन्य प्रतिगामीहरुको घुसपैठ भएको बताए ।
नेपालको वैद्यानिकतामा प्रश्न उठ्नेगरी नियोजित रुपमा आगो लगाइएको बताउँदै उनले शितल निवास जल्दा नारायणहिटी किन जलेन ?, राप्रपा, रास्वपा लगायतका घरहरु नजल्दा कांग्रेस, एमाले र माओवादीको मात्र किन जले भन्दै प्रश्न गरे ।
उनले भने, ‘यो हिंसा लुटपात र आगजनी जुन भयो त्यो जेनजीले गर्नै सक्दैनन् भन्ने निर्णय निकाल्यौं । जेनजीको नकाबमा विदेशी स्वदेशी जसको पनि घुसपैठ भयो त्यो त पत्ता लगाउनुपर्छ । नेपालको वैद्यानिकतामा प्रश्न उठ्नेगरी नियोजित रुपमा आगो लगाइएको छ । शितल निवास जल्दा नारायणहिटी किन जलेन ? राप्रपा, रास्वपा लगायतका घर नजल्दा कांग्रेस, एमाले र माओवादीको मात्र किन ? यो सुनुयोजित नै हो ।’
त्यस्तै कांग्रेसका नेता सुनिल शर्माले अहिलेको सरकारले फागुन २१ मा भयावहरत तरिकाले चुनाव गराउन नसक्ने दावी गरे । हिजो भएको घट्ना नदोहोरियोस् र रगत बगाउन नपरोस् भन्नको लागि पहिले उठेका मेजर माग अहिले नै सम्बोधन गरेर जानुपर्ने उनको भनाई छ ।
उनले भने,‘हामी चुनाव चाहान्छौं । तपाईं चुनाव गराउन सक्नुहुन्छ । अहिलेको सरकारमा बस्नेले फागुन २१ मा भयावहरत तरिकाले चुनाव गर्न सक्नुहुन्छ ?त्यो सम्भव छैन । त्यो भए हिजो २३ र २४ को घट्ना नदोहोरियोस् भन्नको लागि फेरी हाम्रा बच्चाले रगत नबगाउन भन्नको लागि पहिले उठेका मेजर माग अहिले नै सम्बोधन गरेर जाऊ ।’
त्यसैगरी जेनजी प्रतिनिधि रक्षा बमले अहिलेको अवस्थामा गृहमन्त्रीको राजीनामा कुनै निकास नभएको भन्दै उनलाई काम गर्न दिनुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताइन् ।
लोकतन्त्रको सबैभन्दा ठूलो सत्रु भागभण्डा भएको बताउँदै बमले आफ्नो स्वार्थको लागि भागबण्डा गरेर देशलाई सक्काएर यहाँसम्म आइपुग्ने राजनीतिक दलका नेताहरुबाट नै लोकतन्त्रलाई खतरा रहेको टिप्पणी गरिन् ।
उनले भनिन्,‘अहिलेको अवस्थामा गृहमन्त्रीको राजीनामा कुनै निकास होइन् । उहाँलाई काम गर्न दिनुपर्छ भन्ने हो । लोकतन्त्रलाई र संविधानलाई खतरा छ भन्ने कुरा यहाँ आइरहेको छ । लोकतन्त्रको सबैभन्दा ठूलो सत्रु भागबण्डा हो । जो आफ्नो स्वार्थको लागि भागबण्डा गरेर देशलाई सक्काएर यहाँसम्म आइपुग्नुभएको छ । लोकतन्त्रलाई यहाँहरुबाट नै खतरा छ ।’
त्यस्तै उनले हतियार उठाएका माओवादीलाई समेत शान्ति सम्झौतामार्फत ल्याएर चुनाव गरिएको उदाहरण दिँदै अहिलेको माहोल त्यति अशान्तिपूर्ण नरहेकोले कुनै पनि हालतमा निर्वाचन हुने दावी गरिन् । माहोल छैन भनेर चुनाव टार्ने काम नगरी आफ्नो तर्फबाट हुने सहयोगमा जुट्न सबैलाई उनको अपिल छ ।
‘हतियार उठाएका माओवादीलाई त शान्ति सम्झौतामार्फत ल्याएर चुनाव गरियो भने अहिलेको माहोल त त्यति अशान्तिपूर्ण पनि छैन । त्यसैले यो अवस्था, यो माहोल छैन भनेर चुनाव टार्ने काम नगरौं । बरु आफ्नो तर्फबाट के गर्न सकिन्छ भनेर सहयोग गरौं ।’










प्रतिक्रिया