Logo

मुख्य समाचार

देशका दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना


२१ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । देशका दुई प्रदेशमा आज हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि ती प्रदेशका केही भागमा आंशिक बदली रहने विभागले जनाएको छ। विभागका अनुसार कोसी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : १५ बजे