काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट विद्रोह गरेका रामकुमारी झाँक्री र किसान श्रेष्ठ समूहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। बिहीबार (कात्तिक २०) झाँक्री र श्रेष्ठले ओलीसहित एमाले महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेका हुन्।
भेटमा उनीहरूले आगामी कात्तिक २४ गते राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरेर एमालेमा पुनः प्रवेश गर्नेबारे छलफल भएको स्रोतले जनाएको छ।
झाँक्री र श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमार्फत एमालेमा फर्कने इच्छा सार्वजनिक गरेका थिए। उनीहरूले अन्य केन्द्रीय सदस्यहरूलाई समेत संयोजन गरेर पार्टी प्रवेश गराउने तयारी गरेको बताइएको छ।










प्रतिक्रिया