Logo

खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग–२ :आज नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

काठमाडौं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले  आयोजक युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिदेशीय युएई शृङ्खलाको अन्तिम खेलमा आज नेपालले युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आयोजक युएईसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

खेल नेपाली समयअनुसार बिहान ११ ः १५ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपालले लगातार हार बेहोरिरहेको छ । पहिलो खेलमा अमेरिकासँग १०६ रनले हारेको नेपाल दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भयो ।

अमेरिका, नेपाल र युएई सहभागी यो शृङखलामा अमेरिका अपराजित छ । नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ।

अंक तालिकाको शीर्ष स्थानमा अमेरिका छ भने यूएई पुछारमा छ । १९ खेल खेलेको नेपालको १२ अंक छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ९ : २० बजे