काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राहदानी वितरणमा समस्या नआओस् भनेर सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूसँग बैठक गर्दै उनले राहदानी वितरणको अवस्थाबारे जानकारी लिइन्।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललगायत अधिकारीहरू सहभागी थिए।
प्रधानमन्त्री कार्कीले राहदानी अभाव हुने अवस्था नआओस् भन्दै वैकल्पिक योजना सहित तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएकी छन्।










प्रतिक्रिया