रामेछाप । रामेछापको मन्थली स्थिति नवजागरण बचत तथा ऋण सहकारी संस्थ (साकोस) ले गएको आर्थिक वर्षमा २ करोड रुपैँया नाफा कमाएको छ ।
मंगलबार संस्थाको वार्षिक साधारण सभामा २७ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष सोमेश थापाले संस्थाले यस वर्ष २ करोड ५ लाख बढी नाफा कमाएको भए पनि सो रकम ऋण सुरक्षण कोषमा राख्नु पर्ने व्यवस्था आएकोले संस्थाको नाफा नदेखिएको जानकारी दिए । सो कोमा अघिल्लो वर्ष ३ करोड रुपैँया जम्मा भएको छ ।
संस्थाका सचिव नारायणबहादुर कार्कीका अनुसार संस्थामा हाल ९ हजार ८७ जना सदस्य रहेका छन् । जसमा महिला ४ हजार ५ सय ५७ जना, पुरुष ४ हजार ४ सय ६५ जना र संस्थागत सदस्य २५ रहेका छन् ।
संस्थाको चुक्ता शेयर पुँजी ४ करोड ३० लाख ३१ हजार ६ सय, बचत रकम ५४ करोड १३ लाख १५ हजार २ सय ७ रुपैँया, ऋण लगानी ३५ करोड ३८ लाख ४२ हजार ७ सय ३० रुपैँया रहेको छ ।
साधारण सभामा असल सेयर सदस्य तथा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नारायणबहादुर कार्कीले संगठनको प्रतिवेदन तथा कोषाध्यक्ष भीमसेन थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।










प्रतिक्रिया