Logo

धर्म / संस्कृति

हरिबोधिनी एकादशी आज, भीमफेदी र मकवानपुरगढीमा विशेष मेला


१५ कार्तिक २०८२, शनिबार  

46
Shares

हेटौंडा । आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने शास्त्रीय विधि छ ।

आज कात्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डी मन्दिर र मकवानपुरगढीको बंशगोपाल मन्दिरमा बिशेष मेला लागेको छ । पानी परिरहेकाले भक्तजनहरुको भीड भने छैन ।

बिगतका वर्षहरुमा यतीबेला देखि बेलुका सम्म पुजा गर्नेहरुको लामो लाइन हुने भएपनि यस अस्ती देखिनै निकै पानी परेकाले त्रीखण्डी र बंशगोपाल मन्दिरमा पुजा गर्न आउनेहरु कमै मात्र रहेका छन् । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन बेलुको तुलसीको मोठमा पुजा गर्ने चलन छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ५९ बजे