Logo

अर्थ

फेरी बढ्यो सुन चाँदीको मुल्य


१४ कार्तिक २०८२, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ४१ बजे