Logo

राजनीति

प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण : “गृहमन्त्री हटाउन मेयर बालेनले दबाब दिएका छैनन्”


१३ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं — प्रधानमन्त्री कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लागिएको भन्ने समाचार गलत भएको जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री हटाउन दबाब दिएको दाबी निराधार भएको स्पष्ट पारेका हुन्।

विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन मेयर बालेन्द्र शाहले दबाब दिइरहेको भन्ने विभिन्न सञ्चारमाध्यमका भ्रमपूर्ण विवरणहरूप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण भएको छ।”

प्रधानमन्त्री कार्यालयले यस्ता भ्रमपूर्ण समाचार नफैलाउन सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ११ : ०६ बजे