Logo

मुख्य समाचार

कांग्रेस नेता भीम पराजुलीले छठ पर्वमा २८औँ पटक दण्डप्रणाम गरे


१० कार्तिक २०८२, सोमबार  

23
Shares

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोसी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्ष छठ पर्वको अवसरमा २८औँ पटक दण्डप्रणाम गरेका छन् ।

पराजुलीले सोमबार बिहान विराटनगरको ठूलोमिल चोकस्थित शिव पाञ्चायन मन्दिरमा पूजा आराधना गरी दण्डप्रणाम यात्रा सुरु गरेका हुन् । उनले मन्दिरबाट तीन किलोमिटर पूर्वस्थित सिंघिया खोलामा बनेको छठघाटसम्म दण्डप्रणाम गर्दै जाने र त्यहाँ पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने बताएका छन् ।

पराजुलीका अनुसार उनले विगत ३५ वर्षदेखि निरन्तर रूपमा छठ व्रत बस्दै आएका छन् । उनका भनाइमा, दण्डप्रणाम गर्ने परम्पराको यो २८औँ वर्ष हो । उनले बौद्ध र किरात धर्मसहित वैदिक सनातन हिन्दू धर्मप्रति आफ्नो गहिरो आस्था रहेको उल्लेख गर्दै हिन्दू धर्म विश्वकै सबैभन्दा प्राचीन धर्म भएको बताए ।

विराटनगर महानगरपालिकाका मेयर रहँदासमेत पराजुलीले हरेक वर्ष छठ पर्वमा दण्डप्रणाम गर्दै आएका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  १ : ३२ बजे