काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले त्रिदेशीय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतविरुद्धको खेललाई प्रतिष्ठाको लडाइँका रूपमा लिँदै टोली तयारी अवस्थामा रहेको बताएकी छन् ।
आज हुने अन्तिम खेलमा नेपालले भारतको सामना गर्दै छ । आइतबार प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान सावित्राले अघिल्ला खेलका कमजोरी सुधार्दै जितका लागि पूर्ण तयारी भएको बताइन् ।
“दक्षिण एसियाली फुटबलको प्रतिष्ठाको लडाइँ हो । अघिल्लो खेलमा भएका गल्ती सुधारेर सन्तुलित खेल प्रस्तुत गर्नेछौँ,” सावित्राले भनिन् ।
नेपाल र भारत दुवै टोली प्रतियोगिताको सुखद अन्त्य खोज्दै मैदानमा उत्रिँदै छन् । यसअघि, दुवै टोली इरानसँग पराजित भएका थिए— भारत २–० ले र नेपाल ३–० ले ।
प्रतियोगितामा अपराजित रहेको इरानले उपाधि जितिसकेको छ ।










प्रतिक्रिया