Logo

अर्थ

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो


१० कार्तिक २०८२, सोमबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँ कायम गरिएको छ।

आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा ३५ रुपैयाँले घटेर सोमबार प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : १२ बजे