Logo

खेलकुद

नेपाल पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकपमा सहभागी हुने


७ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपालले पहिलोपटक आयोजना हुन लागेको महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा सहभागिता जनाउने भएको छ । नेपाल दृष्टिविहीन क्रिकेट संघका अनुसार विश्वकप आगामी नोभेम्बर ११ देखि २३ तारिखसम्म भारत र श्रीलंकामा आयोजना हुनेछ ।

पहिलो संस्करणको प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इङ्ल्यान्ड सहभागी हुनेछन् । आज सार्वजनिक गरिएको खेल तालिका अनुसार, नेपालले नोभेम्बर १२ मा श्रीलंकाविरुद्ध उद्घाटन खेल खेल्नेछ ।

नेपालले दोस्रो खेल नोभेम्बर १४ मा भारतसँग, तेस्रो खेल नोभेम्बर १५ मा इङ्ल्यान्डसँग र चौथो खेल नोभेम्बर १६ मा अमेरिकासँग भारतमै खेल्नेछ । त्यसपछि टोली श्रीलंका पुगेर नोभेम्बर १८ मा अस्ट्रेलिया र नोभेम्बर १९ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

विश्वकपको फाइनल खेल नोभेम्बर २३ मा श्रीलंकाको कोलम्बोमा हुने जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ८ : ०७ बजे