Logo

राजनीति

मन्त्री कुलमान घिसिङले पार्टी आवद्धताको समाचार असत्य भन्दै खण्डन


६ कार्तिक २०८२, बिहिबार  

46
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्। उनले आफूलाई “उज्यालो नेपाल पार्टी” सँग जोडेर विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित समाचारहरू असत्य र तथ्यहीन रहेको बताए।

मन्त्री घिसिङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सूचना र समाचारमा उल्लेख गरिएझैं उक्त पार्टीमा मेरो आबद्धताका विषयमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएझैं ‘जुम’ बैठकमा मेरो सहभागिता समेत नरहेको स्पष्ट पार्दछु।”

उनका अनुसार, आफूलाई बिना जानकारी र सल्लाह दूषित मनसायका साथ असत्य सामग्री प्रचार गरिएको हो। उनले त्यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गर्दै समाचारहरूको खण्डन गरेका छन्।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ५ : ०२ बजे