Logo

मुख्य समाचार

आइसल्यान्डमा पहिलोपटक लामखुट्टे फेला



काठमाडौं । आइसल्यान्डमा पहिलोपटक तीनवटा लामखुट्टे फेला परेका छन्। वैज्ञानिकहरूले यसबारे हालै पुष्टि गरेका छन्। अहिलेसम्म एन्टार्कटिका र आइसल्यान्डलाई लामखुट्टे नपाइने क्षेत्र मानिँदै आएको थियो।

अक्टोबर १६ का साँझ ब्योर्न हजल्टसन नामका एक व्यक्तिले आफ्नो वरिपरि ‘अनौठो किरा’ देखेपछि समाते र किराविज्ञ मथियास अल्फ्रेडसनलाई जानकारी गराएका थिए। परीक्षणपछि उक्त किरा कुलिसेटा एनुलाटा प्रजातिको लामखुट्टे भएको पुष्टि गरिएको हो।

वैज्ञानिकहरूका अनुसार यी लामखुट्टे स्थायी रूपमा आइसल्यान्डमा बस्न थालेमा देशको प्राकृतिक सन्तुलन र जनस्वास्थ्यमा असर पर्न सक्ने सम्भावना छ।

हाल यी लामखुट्टे कहाँबाट आएका हुन् भन्नेबारे अनुसन्धान जारी छ। अनुसन्धानकर्ताहरूले लामखुट्टे पानीजहाज वा विमानमार्फत आएको वा तातो हुँदै गएको मौसमका कारण यहाँ टिक्न सकेको हुनसक्ने अनुमान गरेका छन्।

आइसल्यान्डमा यसअघि कहिल्यै प्राकृतिक वातावरणमा लामखुट्टे देखिएको थिएन। अघिल्लो पटक विमानभित्र मात्र एउटा लामखुट्टे भेटिएको थियो। वैज्ञानिकहरूले अहिले भेटिएका लामखुट्टे सम्भवतः जहाज वा सामानसँग आएका र चिसो मौसममा पनि बाँच्न सक्ने क्षमता भएका प्रजातिका हुनसक्ने बताएका छन्।

स्रोतः बीबीसी

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : १५ बजे