इलाम – इलाममा बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन्। इलाम नगरपालिका–९, धजेडाँडाका ५२ वर्षीय टेकनाथ कार्कीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।
प्रहरीका अनुसार कार्कीले २२ वर्षीया एक महिलामाथि बलात्कार गरेको आरोप लागेको छ। पीडित महिलाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया