Logo

मुख्य समाचार

चितवनमा स्कुटर दुर्घटना, दुई युवाको मृत्यु


४ कार्तिक २०८२, मंगलबार  

115
Shares

चितवन । चितवनको भरतपुरमा आज बिहान स्कुटर दुर्घटनामा दुई युवाको मृत्यु भएको छ।

भरतपुर–१० विमानस्थलनजिक बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो। अस्पतालले दुवैलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ५७ बजे