काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व उर्जामन्त्री दीपक खड्काको विदेश पलायनसम्बन्धी अभिव्यक्तिप्रति उठेको प्रश्नमा स्पष्ट प्रतिक्रिया दिएका छन्। सोमबार गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले खड्काकै उपस्थितिबारे स्पष्टीकरण दिन पूर्व मन्त्री खड्कालाई आग्रह गरेका छन्।
पत्रकारले “पूर्व उर्जामन्त्री खड्का विदेश भागेको विषयमा तपाईंले इन्टरभ्यू दिनुभयो, तर उहाँ त आज घरमै पत्रकार सम्मेलन गर्दै उपस्थित हुनुभयो, किन यस्तो अफवाह फैलाउनुभयो?” भन्ने प्रश्न राखेका थिए। जवाफमा गृहमन्त्री अर्यालले भने, “मैले इन्टरभ्यू दिएको समयमा उहाँ कहाँ हुनुहुन्थ्यो ? त्यो उहाँ आफैंले भन्नुपर्छ। उहाँले अहिले पत्रकार सम्मेलन गर्नुभयो, तर त्यो त पछि हो। मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? उहाँ त स्थलगत मार्गबाट भारत गएको छु भन्नुभएको थियो।”
उनले खड्काले इन्टरभ्यू प्रकाशित भएपछि मात्रै सार्वजनिक रुपमा देखिएको दाबीसमेत गरे।
यसअघि गृहमन्त्री अर्यालले सञ्चारमाध्यममार्फत पूर्व मन्त्री खड्का विदेश पलायन भएको दाबी गरेका थिए, जुन खारेज गर्न खड्काले सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर आफू घरमै भएको बताएका थिए।
प्रतिक्रिया