काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूले सरकारबाट कुनै तलब, भत्ता वा सेवा सुविधा नलिने स्पष्ट पारेका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले आफूले मन्त्रीका रूपमा पाउने तलब, स्वकीय सचिव, भान्से, र अन्य कुनै सेवा सुविधा नलिने निर्णय गरिसकेको जानकारी दिए।
उनले भने, “शिक्षा मन्त्रालयबाट मैले केही लिएको छैन। मन्त्रीको तलब पनि नचाहिने भनेर सही गरेर दिएको छु।”
पुनले मन्त्रालय नजिकै डेरा गरेर बसेको जानकारी दिँदै सरकारी भान्से वा अन्य निजी सहयोगी नलिएको स्पष्ट पारे।
उनको यो निर्णयले सरकारी खर्च बचत र नीतिगत नमूनाका रूपमा चर्चा पाएको छ।
प्रतिक्रिया