Logo

समाचार

विपीन जोशीको शव काठमाडौं आइपुग्यो



काठमाडौं – प्यालेस्टिनको सशस्त्र समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिक विपीन जोशीको शव आज काठमाडौं आइपुगेको छ। इजरायल सरकारले जोशीको शव नेपालसम्म ल्याएको हो।

शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र सुरक्षासम्बन्धी उच्च अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि जोशीको शव नेपाली सेनाको ‘स्काई ट्रक’ जहाजमार्फत धनगढी विमानस्थल लगिएको छ। त्यहाँबाट सुदूरपश्चिम पृतनाले शव कञ्चनपुर पुर्‍याउने र अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका क्रममा विपीनसहित २५१ जनालाई बन्धक बनाइएको थियो। पछिल्लो युद्धविरामपछि हमासले जोशीको मृत्यु पुष्टि गर्दै शव रेडक्रसमार्फत इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

इजरायली सेनाले शवको डीएनए परीक्षण गरेपछि विपीन जोशीकै भएको पुष्टि गरेपछि शव नेपाल पठाइएको हो।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ३ : ४९ बजे