Logo

राजनीति

प्रचण्ड, रवि र बालेनमाथि अनुसन्धान हुनुपर्छ : एमाले नेता बस्नेत


३१ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन शाहमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले जेनजी आन्दोलनमा उनीहरूको भूमिका शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए। उनका अनुसार आन्दोलनको नाममा आपराधिक गतिविधि भएको छ, जसमा संलग्नहरूको पहिचान गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्छ।

बस्नेतले मुलुकको राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिका एजेन्डामा एमालेको अग्रणी भूमिकाका कारण पार्टी र नेताहरूमाथि लक्षित आक्रमण भइरहेको दाबी गरे। उनका अनुसार सरकारले प्रमुख राजनीतिक दलका नेतामाथि भ्रष्टाचारका मुद्दा लगाई आगामी निर्वाचनमा रोक लगाउने षड्यन्त्र गरिरहेको छ।

पार्टीभित्र एकताको आवश्यकता रहेको बताउँदै बस्नेतले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले अघि बढ्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ३ : ५८ बजे