काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारमाथि तीन पूर्व प्रधानमन्त्री र तीन पूर्व मन्त्रीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता गर्ने तयारीमार्फत “नयाँ स्टन्टबाजी” गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले सरकारको यो कदम राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्। उनले लेखेका छन्, “तीन पूर्व प्रधानमन्त्री र तीन पूर्व मन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने नाटक सुरु गरेछ।”
पूर्वमन्त्री बस्नेतले भनेका छन्, “जहाँसम्म केपी शर्मा ओलीज्यूको कुरा छ, उहाँले धेरैअघि नै आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गरिसक्नुभएको छ। अब उहाँको ‘शेष सम्पत्ति’ खोज्ने हतारो छ भने गएर हेर्नुस्, तपाईंहरूकै योजनामा जलाइएका बालकोटस्थित उहाँका घरहरू र खरानी बनेका पुस्तकालयहरूमा। त्यो नै उहाँको सम्पत्ति हो — देश, जनता र सिद्धान्तप्रति अटुट समर्पण।”
बस्नेतले सरकारलाई “अनावश्यक स्टन्टबाजी बन्द गर्न” सुझाव दिँदै, यस्तो कार्यले देशको ध्यान भ्रमित पार्ने बताएका छन्।

प्रतिक्रिया