Logo

अर्थ

स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश प्रस्ताव


३१ आश्विन २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित उक्त दरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  २ : ५७ बजे