Logo

मुख्य समाचार

उड्डयन प्राधिकरणको भवनबाट अस्थायी रूपमा अदालत सञ्चालनको तयारी


३० आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले काठमाडौं जिल्ला अदालतको सेवा अस्थायी रूपमा प्राधिकरणको भवनबाट सञ्चालन गर्ने विषयमा छलफल गरेको छ ।

प्राधिकरणकी बोर्ड सदस्य रोशन चित्रकारका अनुसार आजको बैठक नियमित भए पनि हालैको समसामयिक घटनाक्रम, विशेषतः अदालतका कार्य सञ्चालनसम्बन्धी विषयमा गम्भीर छलफल भएको थियो ।

‘आजको बैठक नर्मल नै हो,’ चित्रकारले भनिन्, ‘जिल्ला अदालतको भवन नभएकाले काम प्रभावित भएको छ । त्यसैले प्राधिकरणको भवन केही समयका लागि अस्थायी रुपमा अदालतले प्रयोग गर्न पाउने कि भन्नेबारे छलफल भएको हो ।’

काठमाडौं जिल्ला अदालत हाल असहज अवस्थामा रहेको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा अदालत भवनमा आगजनी भएको थियो । त्यसयता अदालतको नियमित सेवा प्रवाहमा समस्या आइरहेको छ ।

बैठकमा प्रधानमन्त्री शुसीला कार्की समेत सहभागी थिइन् । बैठकमा कामको समायोजन, स्थान व्यवस्थापन र सरकारी सेवा प्रवाह सुनिश्चित गर्ने उपायमाथि पनि चर्चा गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  २ : ५९ बजे