काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएका चुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘राष्ट्रका सामु उत्पन्न भएका चुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथि चुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ । षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ हुन्छ भन्ने कुरा मनन गर्नु अत्यन्तै जरुरी छ ।’
उनले युवाहरूको दुरुपयोग गर्दै मुलुकलाई प्रतिगमनतर्फ लैजान खोज्ने प्रयास भइरहेको आरोप पनि लगाए । पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनतर्फ लैजानका लागि युवाहरूको दुरुपयोग गर्ने प्रयत्न भइरहेको छ । तर एमालेले युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भन्ने स्पष्ट सन्देशसहितको काम गरिरहेको छ ।’
प्रतिक्रिया