सुर्खेत । कालिकोटका स्थानीय तहमा दुई अर्ब बढी बेरुजु रहेको छ । स्थानीय तहको निर्वाचन भएको दुई कार्यकालको मध्यसम्म आईपुग्दा यहाँका स्थानीय तहमा दुई अर्ब ९९ करोड ५४ लाख पाँच हजार रुपैयाँ बेरुजु देखिएको हो । स्थानीय तहमा बेरुजु बर्सेनी बढेको तथ्याङ्कले देखाएको छ । कालिकोटमा सबैभन्दा धेरै बेरुजु शान्नित्रिवेणी गाउँपालिकामा ३१ करोड ५४ लाख ५१ हजार रहेको छ भने सबै भन्दा कम तिलागुरफा नगरपालिकामा १३ करोड २७ लाख ८ हजार रुपैयाँ रहेको छ ।
महाबै गाउँपालिकामा एक वर्षको अवधिमा ३ करोड ८७ लाख ९४ हजार बेरुजु थपिएको छ । ६८ करोड १० लाख १४ हजारको लेखापरीक्षण गर्दा महाबैमा असुल गर्नुपर्ने ६९ लाख ८१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४३ लाख ६५ हजार, नियमित गर्नुपर्ने ४५ लाख ५४ हजार र पेश्की बाँकी २८ लाख ९४ हजार बेरुजु थपिएको हो । आर्थिक बर्ष २०७९÷०८० सम्म १९ करोड ६१ लाख २१ हजार बेरुजु रहेको महावै गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ सम्म २३ करोड ४९ लाख १५ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
शुभकालिका गाउँपालिकामा पछिल्लो एक बर्षमा पाँच करोड बढी बेरुजु रकम थपिएको छ । ९८ करोड ८० लाख ७५ हजारको लेखापरीक्षण गर्दा शुभ कालिकामा एक वर्षको अवधिमा पाँच करोड ४३ लाख २५ हजार बेरुजू थपिएको महालेखाको प्रतिवेदनमा उल्ले छ । शुभ कालिकामा प्रतिक्रियाबाट २ करोड १० लाख २८ हजार फच्र्योट गरिएको थियो ।
शुभ कालिकामा बाँकी रहेको ३ करोड ३२ लाख ९७ हजारमध्ये असुल गर्नुपर्ने १३ लाख ३६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड १३ लाख ९७ हजार, नियमित गर्नुपर्ने १ करोड ९३ लाख १४ हजार र पेस्की बाँकी १२ लाख ५० हजार रहेको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म १७ करोड ७९ लाख ८९ हजार बेरुजु रहेको शुभ कालिकामा आर्थिक वर्ष २०८०/०८१ मा २१ करोड १२ लाख ७१ हजार पुगेको छ ।
आर्थिक वर्ष २०७९/०८० सम्म नरहरिनाथ गाउँपालिकामा १७ करोड ६० लाख ६ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ मा एक करोड ७७ लाख ८६ हजार बेरुजु थपिएर १९ करोड ३७ लाख ९२ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । नरहरिनाथ गाउँपालिकामा एक वर्षको थपिएको बेरुजूमध्ये असुल गर्नुपर्ने १३ लाख ३८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५६ लाख ५९ हजार, नियमित गर्नुपर्ने ९७ लाख ५३ हजार र पेश्की बाँकी १० लाख ३६ हजार रहेको छ ।
सान्नी त्रिवेणी गाउँपालिकामा आर्थिक वर्ष २०७९÷०८० सम्म २८ करोड ९९ लाख ६८ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म ३० लाख ८७ हजार फच्र्योट र १७ लाख ४६ हजार सम्परीक्षणबाट थप भई अद्यावधिक बेरुजु ३१ करोड ५४ लाख ५१ हजार पुगेको हो । सान्नी त्रिवेणी गाउँपालिकामा ९३ करोड ६७ लाख ३६ हजारको लेखापरीक्षण गरिएकोमा दुई करोड ६८ लाख २४ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
शान्नित्रिवेणीमा प्रतिक्रियाबाट फच्र्योट नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २५ लाख ९३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ९५ लाख ७० हजार, नियमित गर्नुपर्ने १ करोड ३१ लाख ४२ हजार र पेस्की बाँकी १५ लाख १९ हजार रहेको छ ।
पचालझरना गाउँपालिकामा ८४ करोड १३ लाख २४ हजारको लेखापरीक्षण गर्दा १ करोड १५ लाख ७० हजार बेरुजु रहेको छ । आर्थिक वर्ष २०७९/०८० सम्म २० करोड १५ लाख ८८ हजार बेरुजु रहेको उक्त गाउँपालिकामा २०८०÷०८१ सम्म अद्यावधिक बेरुजू २१ करोड ३१ लाख ५८ हजार रहेको हो ।
तिलागुफा नगरपालिकामा १ अर्ब १० करोड ४८ लाख ८६ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ६३ लाख ४५ हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । तिलागुफामा आर्थिक वर्ष २०७९÷०८० सम्म ११ करोड ८३ लाख ६३ हजार बेरुजु रहेको थियो । आर्थिक वर्ष २०८०÷०८१ सम्म उक्त नगरपालिकामा अद्यावधिक बेरुजु १३ करोड २७ लाख ८ हजार पुगेको छ । प्रतिक्रियाबाट ४ लाख ७९ हजार फस्र्योट भई बाँकी बेरुजू १ करोड ५८ लाख ६६ हजार मध्ये असुल गर्नुपर्ने ११ लाख ६९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४३ लाख २२ हजार, नियमित गर्नुपर्ने ८३ लाख ६५ हजार र पेश्की बाँकी २० लाख १० हजार रहेको छ ।
रास्कोट नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० सम्म १९ करोड ३८ लाख ३६ हजार बेरुजू रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म अद्यावधिक बेरुजू २१ करोड ४५ लाख १७ हजार रहेको पुगेको छ । १ अर्ब १५ करोड ७४ लाख ७८ हजारको लेखापरीक्षण गरिएकोमा २ करोड ६ लाख ८० हजार बेरुजू देखिएको छ । प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने २३ लाख ४५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ५१ लाख ७२ हजार, नियमित गर्नुपर्ने १४ लाख १३ हजार र पेस्की बाँकी १७ लाख ५१ हजार रहेको छ ।
खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० सम्म २१ करोड ८१ लाख ९३ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म उक्त नगरपालिकामा अद्यावधिक २७ करोड १२ लाख ५८ हजार पुगेको छ । एक अर्ब १८ करोड ५५ लाख ४ हजारको लेखापरीक्षण गर्दा पाँच करोड ३३ लाख ७१ हजार बेरुजु देखिएको छ । प्रतिक्रियाबाट बेरुजू फस्र्योट नभई बाँकी बेरुजु मध्ये असुल गर्नुपर्ने ७५ लाख ४२ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड ४६ लाख ३५ हजार, नियमित गर्नुपर्ने १ करोड १२ लाख १३ हजार र पेस्की बाँकी ९९ लाख ८१ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सम्म ३० करोड १३ लाख १९ हजार बेरुजू रहेकोमा आर्थिक वर्ष २०८०÷०८१ सम्म पलाँतामा अद्यावधिक बेरुजु ३१ करोड २४ लाख ७५ हजार पुगेको हो । पलाँता गाउँपालिकामा एक अर्ब २ करोड ३९ लाख ८९ हजारको लेखापरीक्षण गरिएकोमा एक करोड १२ लाख ३७ हजार बेरुजु देखिएको छ । प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजुमध्ये असुल गर्नुपर्ने ३६ लाख ४५ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ५३ लाख ३४ हजार, नियमित गर्नुपर्ने २० लाख २८ हजार र पेश्की बाँकी २ लाख ३० हजार रुपैयाँ रहेको छ ।
स्थानीय तहको नाम आर्थिक वर्ष २०८०-०८१ सम्मको बेरुजू
महाबै गाउँपालिका २३ करोड ४९ लाख १५ हजार
शुभ कालिका गाउँपालिका २१ करोड १२ लाख ७१ हजार
नरहरिनाथ गाउँपालिका १९ करोड ३७ लाख ९२ हजार
सान्नी त्रिवेणी गाउँपालिका ३१ करोड ५४ लाख ५१ हजार
पचालझरना गाउँपालिका २१ करोड ३१ लाख ५८ हजार
तिलागुफा नगरपालिका १३ करोड २७ लाख ८ हजार
रास्कोट नगरपालिका २१ करोड ४५ लाख १७ हजार
खाँडाचक्र नगरपालिका २७ करोड १२ लाख ५८ हजार
पलाँता गाउँपालिका ३१ करोड २४ लाख ७५ हजार









प्रतिक्रिया