Logo

मुख्य समाचार

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा पत्रकार रामवहादुर रावल नियुक्त



काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले पत्रकार रामवहादुर रावललाई आफ्नो प्रेस संयोजकमा नियुक्त गरेकी छन्।

रावल हाल अनलाइन समाचार पोर्टल नेपालखबर का सम्पादक रहेका छन्। उनी कानुन विषयको पत्रकारितामा अनुभवी मानिन्छन्। उनले यसअघि कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिकग्यालेक्सी टेलिभिजन लगायतका सञ्चारमाध्यममा नेतृत्वदायी भूमिकामा काम गरेका छन्।

रावललाई प्रधानमन्त्रीको सञ्चार सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ३१ बजे