Logo

मुख्य समाचार

सुन प्रकरणमा महराको बयान सकियो, भोलि थुनछेक बहस


२८ आश्विन २०८२, मंगलबार  

23
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप) भित्र्याएर सुन तस्करी गर्न खोजिएको प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान मंगलबार जिल्ला अदालत काठमाडौंमा सकिएको छ। अदालतले अब भोलि (बुधवार) उनको थुनछेक बहस हुने जनाएको छ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार, अभियोजनपछिको प्रक्रिया अन्तर्गत आज महराको बयान लिइएको हो। सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङको पक्षमा भन्सार छुट गराउन दबाब दिएको अभियोग लागेका महराले भने आफू निर्दोष रहेको दाबी गरेका छन्।

बयानमा महराले वाङसँग आफू सञ्चारमन्त्री हुँदा मात्रै चिनजान भएको र त्यसबाहेक कुनै संलग्नता नभएको स्पष्ट पारेको बताइएको छ।

यो मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : १७ बजे