रौतहट । रौतहटमा ४ लाख भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन ।
जिल्ला निर्वाचन कार्यालय गौरमा अहिले दुई वटा स्टल राखेर मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामाबली दर्ताको कार्य भइरहेको छ । रौतहटको चार निर्वाचन क्षेत्रमा ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताए ।
उनका अनुसार पुरुष २ लाख ३१ हजार ४ सय ३ र महिला एक लाख ९० हजार २ सय ८९ र तेश्रो लिंगी एक जना छन । नेपाल सरकारले २०८२ फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
निर्वाचनको मिति घोषणा भएपछी असोज १० देखि २७ गते सम्म रौतहटमा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामाबली दर्ता गरेको उनले जानकारी दिए ।
उनले २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछी ६ हजार २ सय मतदाता थपिएको बताए । निर्वाचन आयोगको केन्द्रिय निर्देशन अनुसार नै कार्यालयले काम अघि बढाएको उनले उल्लेख गरे । यद्यपि तोकिएको समयमा निर्वाचन हुने वा नहुने भन्ने विषयमा यहाका बासीको मिश्रित प्रतिक्रिया छ ।
प्रतिक्रिया