काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर बनेको जनस्वराज पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ।
मंगलबार (असोज २८) बसेको आयोगको बैठकले दीपककुमार साह अध्यक्ष रहेको जनस्वराज पार्टीलाई दर्ता स्वीकृति दिएको हो। आयोगका अनुसार पार्टीको झन्डा निलो, सेतो र रातो रंगका ठाडा धर्का (स्ट्रीप) सहित रहने छ।
यससँगै जनमत पार्टी फुटेपछि गठन भएको नयाँ राजनीतिक दल जनस्वराज पार्टीले अब आधिकारिक रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्न पाउने भएको छ।
प्रतिक्रिया