काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट निवेदन दायर भएका छन्।
मंगलबार बिहान सवा ११ बजेसम्म सर्वोच्च अदालतको दर्ता शाखामा पाँचवटा रिट दर्ता भएका हुन्।
सर्वप्रथम अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका छन्। त्यसपछि क्रमशः अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल, तथा मकबुल मियाले रिट दायर गरेका हुन्।
रिटमा संसद् विघटन असंवैधानिक रहेको जिकिर गर्दै निर्णय बदर गर्न माग गरिएको छ। संविधानको भावना र प्रावधानविपरीत संसद् विघटन गरिएको भन्दै उनीहरूले सर्वोच्चसँग हस्तक्षेपको माग गरेका छन्।
सर्वोच्च अदालतले रिटको प्रारम्भिक अध्ययनपछि प्रारम्भिक सुनुवाइका लागि मिति तोक्नेछ।
प्रतिक्रिया