Logo

समाचार

तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट ११ केजी गाँजासहित पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागुऔषध गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतका ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब वशीर रहेका छन्।

प्रहरीका अनुसार ती व्यक्ति एयर एसियाको उडानमार्फत बैंकक हुँदै काठमाडौं आइपुगेका थिए। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरूलाई जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ५९ बजे