Logo

मुख्य समाचार

इजरायली सेनाले भन्यो– विपीन जोशीको मृत्यु पुष्टि



काठमाडौं – इजरायली सेनाले इजरायलमा हराइरहेका नेपाली नागरिक विपीन जोशीको मृत्यु पुष्टि गरेको छ।

सेनाले नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डित र जोशीका परिवारलाई भिडियो कन्फ्रेन्समार्फत जोशी जीवित नरहेको जानकारी दिएको हो।

जोशी इजरायलमा कृषि तालिमका लागि गएका थिए। हमलापछि उनी सम्पर्कविहीन भएका थिए।

सरकार र परराष्ट्र मन्त्रालयले जोशीको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास गरिरहेको थियो। इजरायली सेनाबाट प्राप्त पछिल्लो जानकारीले उनको मृत्यु पुष्टि भएको हो।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ११ : ३० बजे