Logo

मुख्य समाचार

जनशक्ति अभावका कारण शंकराचार्यद्वारको हेल्थ डेस्कबाट खोप वितरणमा समस्या



वीरगन्ज । जनशक्ति अभावका कारण वीरगन्जको शंकराचार्यद्वारमा रहेको हेल्थ डेस्कबाट हैजा विरुद्धको खोप प्रभावकारी रुपमा वितरण हुन सकेको छैन ।

वीरगन्जको इनर्वामा अवस्थित हेल्थ डेस्कमा स्थापना गरिएको अस्थायी खोप केन्द्रमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई खोप केन्द्रसम्म पु¥याउन आवश्यक जनशक्ति नभएकाले खोप वितरण प्रभावकारी रुपमा हुन नसकेको हो ।

अस्थायी खोप केन्द्रका इन्चार्ज ओमप्रकाश सर्राफले गोप्य खबरसँग कुरा गर्दै बिहानदेखि अपराह्न २ बजेसम्म ७ जनालाई हैजा विरुद्धको खोप खुवाइएको भए पनि रक्सौल नाकाबाट वीरगन्ज प्रवेश गर्ने सवारी साधनलाई रोकी यात्रुलाई खोप केन्द्रसम्म पु¥याउनका लागि आवश्यक सुरक्षाकर्मी तथा जनशक्ति नभएकाले प्रभावकारी रुपमा खोप वितरण हुन नसकेको बताए ।

यसै विषयमा जन स्वास्थ्य कार्यालयका जन स्वास्थ्य अधिकृत एवम् खोप संयोजक जयमोद ठाकुरसँग बुझ्दा उनले खोप अभियान आज बिहानैदेखि जिल्लाभरी एकैचोटी सुरु भएकाले कतिपय स्थानमा जनशक्तिको संयोजनमा सामान्य समस्या देखिएको र यसलाई चाँडै समाधान गरी अभियानलाई अगाडि बढाइने जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : ०३ बजे