Logo

मुख्य समाचार

जुम्लामा गाडीभित्र एक युवक मृत फेला


२४ आश्विन २०८२, शुक्रबार  

23
Shares

मुगु । जुम्लामा गाडीको कोलियामा एक युवक मृत अवस्थामा फेला परेका छन् । गाडीको कोलियामा जुम्ला हिमा गाउँपालिका–१ आर्चायका २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन् ।

बुधबार साँझ करिब ८ः३० बजे जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ आर्चायमा मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी (क.प्र. ०२००१ख ११८०) मा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी दिएका छन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जुम्ला लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : १६ बजे