काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ।
अविरल वर्षा, बाढीपहिरो र डुबानका कारण आइतबारका लागि तय गरिएको ५८औँ सचिवालय बैठक स्थगित भई आजका लागि सारिएको हो।
पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकले आगामी राजनीतिक रणनीति र कार्यदिशा तय गर्नेछ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने तय गरिएको छ।
प्रतिक्रिया