Logo

अर्थ

शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से


२३ आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ ।

राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको बजार आज बढेर बन्द भएको हो । नेप्से बढेपनि कारोबार रक मभने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २२.५९ अंक बढेर २५८२.१८ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ४.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ ।

आज कुल ३१३ स्टकको १ करोड १८ लाख ३० हजार ७७ रुपैयाँ बराबरको ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधवार भने ५ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । त्यसैगरी, १० कम्पनीको शेयर मूल्यमा कुनै उतारचढाव भएको छैन् ।

यस दिन बिन्ध्यवासीनी हाइड्रोपावर, यशियन हाइड्रोपावर, एमबीएल इक्वीटी फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ । बिन्ध्यवासीनी हाइड्रोपावरको शेयर मूल्य ८.२१ प्रतिशतले बढेर प्रतिकित्ता ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यशिन हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ५.५४ प्रतिशतले बढेर ६६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस्तै, थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ९.०९ प्रतिशतले घटेर प्रतिकित्ता ८०० रुपैयाँमा कारोबार भएको छ । भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ५.४३ प्रतिशतले घटेर ६०९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ४ : १७ बजे